राजेश पायल राईले भने- ‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु’

काठमाडौं । गायक राजेशपायल राईले मिडियामा आएको समाचार प्रति आपत्ति जनाएका छन् । राईले आफ्नो १८ महिनाको बच्चामाथि उम्लेको तातो पानी खन्याएको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसमा प्रतिक्रिया दिएका हुन् ।

राजेशपायलको पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा केहि दिन अघि गुनासो व्यक्त गरेकी थिइन् । सो स्क्रीनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यही स्टाटसलाई टेकेर केही मिडियाहरुले समाचार प्रकाशित भएको छ ।

उनको पत्नीले छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी थिइन् । यही प्रकरणमा राईले प्रमाणविना लगाइएको आरोप आफूलाई बदनाम गराउने र क्यारियर समाप्त पार्ने गिरोह सक्रिय हुन लागेको समेत उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, एउटा स्टाटस कै भरमा कसैलाई यति ठुलो गाली गलौज लेख्न मिल्छ ? थम्नेलमा डिस्क्रिप्सन दिन मिल्छ ? म चुनौत दिन्छु । यदी प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शिर राखि दिन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय