तनहुँ मा बस्ने ४० वर्षीय मन बहादुरलाइ उनकी श्रीमतीले ढुङ्गाले टाउकोमा हानी ह,त्या, कारण यस्तो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिठ गर्दा श्रीमानको मृ,त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९ः३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानी ह,त्या गरेकी हुन् ।

३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्रहार गरी ग,म्भिर घा,ईते बनाएकोमा उनको उपचारको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृ,त्यु भएको हो ।

घ,टनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय