विश्वकपको फाइनलमा अर्जेन्टिनाले जित्ने बाजी राख्दा पनि १३ करोडभन्दा धेरै हारे !

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो । नतिजा पेनाल्टी सुटआउटबाट आयो जसमा अर्जेन्टिना ४-३ ले विजयी भयो। तर यो जितसँगै क्यानडाका र्‍यापर ड्रेकले १३ करोडभन्दा बढी गुमाए ।

वास्तवमा ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाको जितको दाबी गरेका थिए र यसका लागि उनले १० लाख डलर (१३ करोड २७ लाख रुपैयाँ)को बाजी लगाएका थिए । तर फ्रान्स र अर्जेन्टिनाबीचको खेल यति रोचक बन्यो कि जित र हारको निर्णय पेनाल्टी सुटआउटबाटै भयो ।

यसरी ड्रेकले ९० मिनेटमा अर्जेन्टिनाले जित्ने दावी गलत साबित भयो र उनले बाजी हारे । जसका कारण उनले १३ करोड रुपैयाँ गुमाउनु परेको थियो । इन्स्टाग्राममा पोष्ट गर्दै उनले बाजी जितेको भए २.७५ मिलियन डलर (३६ करोड बढी) पाउने बताए । यद्यपि, ड्रेकले पछि यो पोस्ट हटाए।

र्‍यापर ड्रेकले अर्जेन्टिनालाई मात्र समर्थन गरिरहेका थिए। एक भिडियोमा उनी भन्दै थिए– ‘म अर्जेन्टिना लिन्छु र उसले फ्रान्स लिन्छ ।’ यसबाहेक अर्जेन्टिनाको समर्थनमा उनका धेरै तस्विरहरु पनि सार्वजनिक भएका छन् । ड्रेक अर्जेन्टिनाको जितमा विश्वस्त थिए। तर, अर्जेन्टिनाले पक्कै जित्यो तर ड्रेकका अनुसार ९० मिनेटमा नभई पेनाल्टी सुटआउटमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय