साझा खबर

कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृ’ त्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्। थाइल्याण्डको सिमानामा रहेको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी ७० जना घाइते भएका छन्।

उद्धारकर्ताहरूले भवनमा फ’ सेका पीडितहरूको खोजी गरिरहेकाले मृ’ तकको सं‌ख्या अझै बढ्न सक्ने अनुमान गरिएको बन्तेय मेन्चे प्रान्तका प्रवक्ता सोखोमले सिएनएनलाई जानकारी दिए। सो आगलागीमा परेर झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृ’ त्यु भएको छ।

क्यासिनोमा आगो लाग्दै गएपछि पाण्डेले सो क्यासिनोको १२ औं तलाको कोठाबाट परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेको परिवार सदस्य खगेन्द्र उप्रेतीले बताए। ‘भुइँ तलामा लागेको आगो माथिल्लो तलामा सर्दै गएपछि निराकारले भाइबरमा फोन गरेर परिवारका धेरै सदस्यसँग कुरा गरे।

‘अब मेरो बाँच्ने स्थिति हुन्न म यहाँबाट हा’ मफाल्नुपर्ने हुन्छ’, उप्रेतीले पाण्डेलाई उद्धृत गर्दै भने। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, दाइ र भाइहरूसँग कुरा गरेको उप्रेतीले बताए। उनले परिवारसँग लगभग एक-डेढ घन्टा भिडिओमा कुरा गरेको उप्रेतीले बताए।

अग्नि पाण्डे बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन्। ‘निराकारले भिडिओमा कुरा गरेपछि परिवारमा रूवाबासी भयो। परिवारले हा’ म नफाल्न बरू माथिल्लो तलामा जान सम्झाएको थियो’, उप्रेतीले भने, ‘ह’ तोत्साही भइसकेकाले हो वा के कारण निराकार माथिल्लो तलातिर गएनन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय