दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा’ बाकसको छोराले आमालाई लेखेको मनछुने चिठी

बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति । परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो

सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।दुःखीलाईनै दिन अनि ऋण लाग्दो रहेछ आमा, शरीर टुक्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा ।चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँ`शुमा परिणत भयो आमा । मलाई नसराप्नु है

ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दी’र्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे ।

अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है । परदेशको सहिद छोरा.. यो कवितात्मक चिठी एउटा दुःखी छोराको काल्पनिक चिठी हो

वर्षौ विदेश बसेर कमाउँदा पनि घरमा एक पैसा नरहेपछि श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रोए

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुविधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

घर ठूलो भएर के गर्नु लाखौं ऋणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो।

कहिल्यै खाली नबसि परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋणको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय