धरान उषा राई मृत्यु प्रकरण: उर्मिला राईसहित ३ जना थुनामा पठाउने आदेश, एक जना धरौटीमा छुटे

धरान: कुटपिट गरि घाइते भएकी धरान १३ की एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ भने एक जना धरौटीमा छुटेका छन् ।

न्यायाधिश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले हिजो (बुधबार) दिएको आदेशमा अर्का आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छोड्न भनिएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले अदालतको आदेश वमोजिम ३ जनालाई कोभिड परीक्षणको रिपोर्ट आएपछि आज झुम्का कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए ।

यो घटनामा आरोपित अझै ३ जना भने फरार छन् । फरार रहेकाहरुमा निरकुमारी गुरुङ, सृर्जना राई र मिना राई रहेका छन् । उनीहरुमध्ये जाहेरीमा उल्लेख गरिएकी मिना राई को हुन् भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमान्सँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर मृतक उषा राईलाई कार्तिक ३ गते कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी उर्मिलाको उपचार पश्चात डिस्चार्ज भएपछि उपचार खर्च दिएर मिलापत्रसमेत भएको थियो । तर, मंसिर दोस्रो साता स्वास्थ्य बिग्रिएर पुनः उपचारको लागि वीपी प्रतिष्ठान लगिएकी उषाको मृत्यु भएपछि उनको भाई सुन्दर राईले किटानी जाहेरी दिएका थिए ।

यो पनि:

‘यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।’

नेदरल्यान्ड्सका जर्ज भान ड्रिम ज्ञानका बहुविधामा अध्ययन–अन्वेषण गर्ने बहुविषयका ज्ञाता हुन्। हिमालय वारपारका भाषाहरूका ज्ञाता, आनुवंशिक अध्येता एवं चिया इतिहासकार भान ड्रिमले सन् १९८७ मा लिम्बू व्याकरणमा विद्यावारिधि गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय