बर्थडे पार्टीमा पूर्व प्रेमिकालाई देखेपछि बेकाबु भए सलमान, अंगालो हाले-निधारमा चुम्बन गरे

सलमान खान बी-टाउनका एक यस्तो स्टार हुन्, जसका बच्चा, वृद्ध, युवा सबै उनको लागि पागल छन् । उनका फ्यानको संख्या लाखौंमा छ । अभिनेताले हिजो आफ्नो ५७ औं जन्मदिन मनाए ।

बलिउडका ‘दबंग’ नायक सलमान खानले आफ्नो जन्मदिन मनाए । यो विशेष पर्व मध्यरातमा मनाइयो । यस विशेष अवसरमा सलमानकी बहिनी र भाउजु अर्पिता र आयुष शर्माले आफ्नो घरमा पार्टी आयोजना गरेका थिए, जहाँ धेरै सेलिब्रेटीहरू भेला भएका थिए ।

यस पार्टीमा शाहरुख खानदेखि सुनील शेट्टीसम्म देखिएका थिए । यस पार्टीमा धेरै बलिउड अभिनेत्रीहरु पनि देखा परेका थिए । तर, पार्टीमा केही यस्तो भयो, जसमा सबैको नजर टिकेको थियो ।

पार्टीमा सलमानकी पूर्व प्रेमिका संगीता बिजलानी पनि देखिएकी थिइन् । यसै क्रममा केही यस्तो भयो कि सबैको नजर उनीमाथि नै परेको थियो । तपाईलाई याद छ, सलमानको नाम संगीत बिजलानीसँग जोडिएको थियो । अब उनी सलमानको ५७ औं जन्मदिनमा संगीता सलमानसँग पनि देखा परिन् ।

यी तस्बिरहरू सामाजिक सञ्जालमा आगोझैँ भाइरल भएको छ । एक समय थियो जब उनीहरुको प्रेमका कथाहरु धेरै थिए । तर, धेरै वर्षपछि उनीहरुको सम्बन्ध टुट्यो । रिपोर्टका अनुसार दुवैको विवाहको कार्ड पनि छापिएको थियो तर सोमी अलीसँग बढेको निकटताका कारण सम्बन्धमा दरार आएको थियो ।

भाइजानलाई जन्मदिनको शुभकामना दिन सुनिल शेट्टी, सोनाक्षी सिन्हा, तब्बू, युलिया वन्तुर, अरबाज खान, रितेश देशमुख, कार्तिक आर्यन, जेनेलिया डिसुजा, तब्बु, पूजा हेगडे, सोनाक्षी सिन्हा लगायतका धेरै स्टारहरू पार्टीमा पुगेका थिए ।

बलिउड अभिनेता सलमान खानका धेरै फिल्म अहिले पाइपलाइनमा छन् । सलमानको अर्को फिल्म ‘किसी का भाई किसकी जान’ अर्को वर्षको इदमा रिलिज हुँदैछ । कट्रिना कैफ र इमरान हाश्मीको ‘टाइगर ३’ सन् २०२३ को दिवालीमा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय