राहदानी लिन घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हटाउने सरकारले निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राहदानी वितरणमा छरितो गर्नेलगायतका १० वटा निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

अहिले राहदानी लिन राति नै लाइन बस्नुपर्ने बाध्यता छ । उनका अनुसार मन्त्रिपरिषद्ले जनजीविका, सुशासनलगायतका विषयमा पनि निर्णय गरेको छ ।

मन्त्रीपरिषदको प्रहिलो बैठक – सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई

नवगठित मन्त्रिपरिषदको पहिलोपटक बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

निर्मला पन्तलाई न्याय दिन पहल गर्छु – गृहमन्त्री लामिछाने

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताउनु भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हाले लगत्तै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनु भयो ।

सञ्चारकर्मीका रुपमा कार्यरत रहँदा लामिछानेले पन्तको हत्याको बिषयमा निकै लामो समय फलोअप गर्नुभएको थियो भने हत्यामा संलग्नहरुको नाम समेत सार्वजनिक गर्नुभएको थियो । गृहमन्त्रीको रुपमा सपथपछि उहाँले पन्तकै हत्यामा चासो राख्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय