सलमान खानसँग काम गरेकी अभिनेत्री शर्माले गरिन् सेटमा झुण्डिएर आत्महत्या

टेलिभिजनका साथै बलिउड उद्योगमा चर्चित टुनिषा शर्माको निधन भएको छ । जानकारी अनुसार अभिनेत्रीले आत्महत्या गरेकी हुन् । विगत केही दिनदेखि, उनी सुटिङ सेटमा तनावमा देखिने गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नै मेकअप रुममा झुण्डिएर आत्महत्या गरेकी हुन् । २० वर्षीया अभिनेत्रीले टिभी शो भारत का वीर पुत्र–महाराणा प्रतापबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् ।

त्यसपछि उनले चक्रवर्तिन अशोक सम्राट, गब्बर पुन्चवाला, शेर–ए–पञ्जाब: महाराजा रञ्जित सिंह, इन्टरनेट वाला लभ, इश्क सुभानजस्ता चर्चित कार्यक्रमहरूमा अभिनय गरेकी थिइन् ।

अल्लाह, र अली बाबा: दास्तान–ए–काबुला पनि उनको अभिनय थियो । उनी पछिल्लो पटक अली बाबा: दास्तान–ए–काबुलमा देखिएकी थिइन्, जसमा उनले शहजादी मरियमको भूमिका निर्वाह गरेकी थिइन् ।

टुनिषा शर्मा फितूर, बार बार देखो, कहानी २: दुर्गा रानी सिंह, र दबंग ३ जस्ता चलचित्रहरूमा पनि देखिएकी थिइन् । अभिनेत्री शर्मा सामाजिक सञ्जालमा पनि निकै सक्रिय थिइन् ।

इन्स्टाग्राममा उनका १० लाख फलोअर्स छन् । अभिनेत्रीको सामाजिक सञ्जाल खाता उनका केही प्यारा तस्बिरहरूले भरिएको छ । उनले फितूर र बार बार देखोमा युवा कट्रिना कैफको भूमिका निभाएकी थिइन् ।

यससँगै उनी कहानी २ र दुर्गा रानी सिंहमा विद्या बालनकी छोरीको भूमिकामा देखिइन् । उनले सलमान खान र सोनाक्षी सिन्हाको दबंग ३ मा पनि क्यामियो गरेकी थिइन् ।

महानगरको परिचय बोके पनि विश्व शहर बन्ने यात्रामा असफल काठमाडौंमा ‘मेट्रोपोलिटन’ जीवनशैली र ‘कस्मोपोलिटन’ संस्कृतिको प्रभाव पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय