३ खेल हारेर पनि नेपाल यसरी पुग्यो सेमिफाइनलमा

बगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ। ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहेको बंगलादेशले पुछारमा रहेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो।

बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो । नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो। तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३-० को सोझो सेटमा हराएको थियो । यस्तै अर्को सेमिफाइनलमा श्रीलंका र किर्गिस्तानबीच खेल हुनेछ। दुबै सेमिफाइनल खेल आइतबार हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।

नेपाल आउँदै पाेर्चुगलका यी चर्चित प्रशिक्षक

युरोपेली फुटबल महासंघ (युईएफए)को प्रो लाइसेन्स प्रशिक्षकको सहभागितामा नेपालमा युथ फुटबल क्याम्प आयोजना हुने भएको छ । क्याम्प दुई हप्ता सञ्चालन हुनेछ ।

पेरिविंकल सर्भिस प्रालिले आयोजना गरेकोे यो क्याम्प शनिबारदेखि पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सन्चालन हुनेछ ।

सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न चाहनेलाई सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको पेरिवंकलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

१६ वर्षभन्दा मूनि उमेरसमूहका अधिकतम १०० जना बालबालिकालाई व्यवसायिक प्रशिक्षकमार्फत फुटबलको आधारभूत ज्ञान दिने लक्ष्य आयोजक छ । त्यसका लागि प्रति खेलाडी ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

प्रशिक्षण शुल्क, मैदान, तालिम अवधिभर खाना, शिविरका लागि आवश्यक सबै फुटबल किटसहित प्रशिक्षण अवधिभर आवश्यक सबै खर्चहरुका लागि सो शुल्क लिइएको आयोजकले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय