२० बर्षको कलिलो उमेरमै अस्ताईन भारतीय अभिनेत्री टुनिशा शर्मा

टिभी अभिनेत्री टुनिषा शर्मा शनिबार मुम्बईको वसईमा सेटमा मृत फेला परेकी थिइन् । उनी २० वर्षकी थिइन्। साब टिभीमा प्रसारण हुने शो अली बाबा दास्तान-ए-काबुलमा उनको भूमिकाका लागि उनी लोकप्रिय छिन्।

ट्युनिशा शनिबार सेटमा सुटिङ गर्दै ब्रेकमा गएको बताइएको छ । उनी बाथरुम गएको बताइएको छ । पछि बाथरुम भित्रबाट उनको शव फेला परेको थियो । प्रहरीले उनको शव फेला पारे पनि आत्महत्या हो वा होइन भन्ने पुष्टि हुन सकेको छैन ।

यो पनि: ‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने, काठमाडौंँ-छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिनुभयो । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय