बुटवलमा केटा जिस्काउँदै हिड्ने ७ जना युवती पक्राउ

बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक चोकमा महिलाको समूहले पैदलयात्री पुरुषहरुलाई यौनजन्य इसारा गरेर जिस्काउने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरुले सार्वजनिक स्थानमा यात्रुलाई अपशब्द बोल्ने, यौनजन्य इसाराका संकेतहरुबाट जिस्काउने, हातपात गर्ने गरेका थिए। पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

महानगरको परिचय बोके पनि विश्व शहर बन्ने यात्रामा असफल काठमाडौंमा ‘मेट्रोपोलिटन’ जीवनशैली र ‘कस्मोपोलिटन’ संस्कृतिको प्रभाव पाइन्छ।

शेखर खरेल
काठमाडौं शहरको चरित्रमाथि लेख्नु एक प्रकारले आफ्नै बकपत्र लेख्नु सरह हो। किनकि, यो यस्तो मानिसको दसी हो जो शहर हुर्के जस्तै गाउँबासीबाट शहर (महानगर) बासीमा कायाकल्प भएको छ। पञ्चायतकालसम्म नगर (वा नगर पञ्चायत) भनिएको काठमाडौं बहुदलको पुनःस्थापनासँगै महानगरमा परिणत भयो।

समयक्रममा मुलुकका अन्य नगरहरूले काठमाडौंको सिको गर्दै आफूमाथि पनि महानगरको ट्याग झुन्ड्याए। तर, आफूलाई महानगर बताउने काठमाडौं शुद्ध महानगर (मेट्रोपोलिस) वा सर्वदेशीय शहर (कस्मोपोलिटन) भने होइन। काठमाडौंलाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने यो एउटा ठिमाहा शहर हो, जसमा गाउँका अवशेष र शहरका सपना विद्यमान छन्।

संसारका अन्य शहर झैं काठमाडौं पनि रैथाने र आगन्तुक मिलेर बनेको शहर हो। यहाँका रैथानेलाई दुई उपसमूहमा विभाजन गर्न सकिन्छ। पहिलो, भित्री काठमाडौं (बोलीचालीको भाषामा ‘कोर एरिया’)मा जन्मेहुर्केका। दोस्रो, बाहिरी काठमाडौं र काँठ क्षेत्रमा बसोबास गर्दै आएका, जुन क्षेत्र समयक्रममा नगरमा परिणत भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय