प्रेममा रहेका जोडी आकाश श्रेष्ठ र करुणाले प्रेमको सुरुवात भन्दै सार्वजनिक गरे रोमान्टिक भिडियो

काठमाडौं । पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ । पछिल्लो समय एक भिडियो पनि सार्वजनिक भएको छ ।

गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेम का सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।

साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षकरुपमा निमार्ण गरिएको छ ।

गीतको भिडियोमा लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् । सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।

आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय