काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन् । साउदी अरेबियाको क्लब अल नसरमा सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगेका हुन् ।

३७ वर्षीय रोनाल्डोलाई अल नसरले वार्षिक १ सय ७५ मिलियन पाउन्डको कीर्तिमानी मूल्यको अफर गरेको छ ।

म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय