टिपरको ठक्करबाट बालिकाको मृत्यु, अवस्था तनावग्रस्त

सप्तरी— रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिफरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् ।

उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ ।

बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय