फिफा विश्वकप फुटबल जितेर राष्ट्रिय टोली देश फर्किएपछि अर्जेन्टिनाको सरकारले राष्ट्रिय बिदाको घोषणा गरेको छ । गत राति अर्जेन्टिनी सरकारले विश्वकप उपाधिको खुसी मनाउनका लागि आज (मंगलबार) देशमा राष्ट्रिय बिदाको घोषणा गरेको हो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ।त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो।

उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि स्वतन्त्र तरिकाले फुर्सद मिलोस् भन्नका लागि राष्ट्रिय बिदाको घोषणा गरिएको जनाएको छ।अर्जेन्टिनी टोली कतारबाट च्याम्पियन बनेर उपाकिा साथ गत साँझमै अर्जेन्टिना फर्किसकेको छ ।

आज मंगलबार साँझबाट देशैभरि विश्वकप उपाधिको सेलिब्रेसन गर्न आह्वान गर्दै सरकारले एक दिनका लागि राष्ट्रिय उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।विश्वकपको फाइनलमा अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर उपाधि जितेको थियो ।

निर्धारित समयको खेल ३–३ मा सकिएपछि खेल पेनाल्टी सुटउआटसम्म पुगेको थियो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो । उसले अन्तिमपटक सन् १९८६ मा डिएगो म्याराडोनाको पालामा अन्तिमपटक विश्वकप जितेको थियो । सो उपाधि जितेपछि अर्जेन्टिनालाई फेरि विश्वकप जित्न ३६ वर्ष पर्खिनुपर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय