मार्टिनेजलाई विश्व कपको “(बेस्ट गोलकिपर)को अवार्ड

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकप फुटबलको सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । गत राति भएको फाइनल खेलमा अर्जेन्टिनाले साबिक च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेर ३६ वर्षपपछि विश्वकपको उपाधि जित्दा मार्टिनेज खेलका मुख्य नायक थिए ।

उनले निर्धारित समयमा खेल ३/३ भएका बेला ११९औं मिनेटमा कठिन प्रहार बचाएर अर्जेन्टिनालाई सम्भावित हारबाट बचाएका थिए । पेनाल्टी सुटआउटमा पनि उनले पहिलो पेनाल्टी रोकेका थिए ।

खेलभरिमा उनले समग्रमा उच्चस्तरको प्रदर्शन गरे । उनी खेलको म्यान अफ् द म्याच नै बने । तर, म्यान अफ् द म्याच अवार्ड पनि कप्तान मेस्सीलाई प्रदान गरियो । प्रदर्शनका आधारमा उपाधि जित्दा दिएको योगदानका आधारमा मार्टिनेज नै फाइनल खेलको मुख्य हिरो थिए । उनले खेलको ८० र ८१औं मिनेटमा गरेर २ गोल खाए पनि यसबाहेक खेलभरि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पेनाल्टी सुटआउटमा उनले पहिलो पेनाल्टी रोकेर टिमको जितको आधार तयार पारेका थिए ।

खेलपछि मार्टिनेजलाई प्रतियोगिताभरकै उत्कृष्ट गोलकिपर घोषणा गर्दै अवार्ड प्रदन गरियो । उनले प्रतियोगितामा ७ वटा सबै खेल खेले । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिलला वर्ष अर्जेन्टिनाले पाएका सफलतामा मार्टिनेजको प्रदर्शन र योगदान कम्त मात्रै महत्त्वपूर्ण छैन । गत राति उनले विश्वकपको बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट बन्दै गोल्डेन ग्लोब पनि हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय