हर्क साम्पाङ लाई ३ बर्ष कैद र डेढ लाख जरिवाना हुने कानुनी प्रावधान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले ४ दिन अघि मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे–जोरी खोज्नेको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।उक्त स्टाटस आउने बित्तिकै उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विरोध गर्नेको ओइरो लाग्न थाल्यो । यद्यपि उनले आफ्नो विभेदकारी स्टाटसलाई सम्पादन गरिसकेका छन् ।उनको सुरुको स्टाटस यस्तो थियो ।जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा जमारे बुद्धि ।

तर, उनले दलितमाथि र दलित समुदायको पक्षमा वकालत गर्ने संवैधानिक निकायदेखि विभिन्न व्यक्तिमाथि भने प्रहार गर्ने क्रम रोकिएको छैन । उनी मध्यरातसम्म र बिहान उठ्ने बित्तिकै पनि दलितद्धेषी स्टाटस अपडेट गरिरहेका छन् ।

राईको अभिव्यक्तिले दलित समुदायमाथि अपमान भएको भन्दै उनको स्टाटसमा मानव अधिकारकर्मीले टिप्पणी गरे । अरू धेरैले पनि हर्कलाई सम्हालिन भने,तर मेयरको सम्हालिने छाँटकाँट छैन । सार्वजनिक पदमा बसेका व्यक्तिले जाती,समुदाय र त्यसको अधिकारसँग सम्बन्धित संवैधानिक संस्थामाथि धाबा बोलिरहेका छन् ।

जातीय छुवाछुतको विरुद्धमा अभियान सञ्चालन गर्दै आएकी सरु सुनारले टिप्पणी गर्दै लेखिन, धरानका मेयर हर्क साम्पाङले लेखेको यो स्टाटसको चमारे बुद्धि भन्ने शब्दप्रति मेरो घोर आपत्ति छ , कुनै समुदायप्रति लक्षित गरी , ती समुदायलाई अपमान, घृणा, सार्वजनिक रूपमा विभेदजन्य लेखाइ सिङ्गो दलित समुदाय प्रतिको अपमान हो ।

सुनारले हर्क साम्पाङले दलित समुदायप्रति अपमान मात्र होइन कानूनविपरीत सामाजिक सञ्जालमा लेखेर फौजदारी अपराध गरेको भन्दै सिङ्गो समुदाय न्यायको लागि यस्ता लेख्ने विरुद्ध कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय