रामेछापमा जीप दुर्घटना हुँदा ९ जना घाइते ३ को अवस्था गम्भीर, हेलिकप्टर मार्फत उद्धार गरिँदै

रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना भएकाे छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो ।

कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । दुर्घटनामा परी ११ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । ४ जना घाइतेहरूलाई गाडीमार्फत काठमाडौंतर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँवाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको जीप भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । गाडीमा यात्रा गर्ने सबै जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय