प्रदेश २ : डाक्टर बन्न दलित परिवारका दाजुबहिनीले एकैपटक निकाले एमबीबीएस छात्रवृत्तिमा नाम

अजय अनुरागी
काठमाडौं— तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् ।

जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।

अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।

दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन् ।

अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय