अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले आफ्नो टिम विश्वकपका दौरान धेरै सुधारिएको बताएका छन् । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दा अर्जेन्टिनाको उत्कृष्ट लय देखिएको थियो ।

अर्जेन्टिनाले साउदी अरेबियासँग प्रत्यासित हारको साथ कतार विश्वकपको सुरुवात गरेको थियो । तर, प्रतिकूल परिस्थितिबाट माथि उठेर अर्जेन्टिना तेस्रोपल्ट विश्वकप जित्ने लक्ष्यको नजिक पुगेको छ ।

‘जबदेखि मैले यो टिमबाट खेल्न सुरु गरेँ, हामी क्रमशः राम्रो हुँदै गइरहेका छौं । हामी कोपा अमेरिका टिममात्र होइनौं, हामी फाइनलिस्ट टिममात्र होइनौं । हामी त्योभन्दा एक कदम अघि छौं,’ गोलरक्षक मार्टिनेजले अर्जेन्टिनी अखबार क्लेरिनसँग भने ।

‘हामीले महान पक्षलाई विश्वास गर्नुपर्छ । त्यसलाई विश्वास गर्नु र मिहिनेत गर्नुले हामीलाई सम्मान र महत्वाकांक्षाका साथ ठूलो पहिचान दिनेछ । हामीसँग पहिलादेखि नै धेरै प्रतिभाहरु छन्’, मार्टिनेजले थपे, ‘म आफ्नो टिममेटका साथ अर्जेन्टिना फर्केर ओवेलिस्कोमा ओलम्पिक ल्याप पूरा गरिरहेको सपना देखिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय