युवा पुस्तामा गरिबिका कारण र घरपरिवारको जिम्मेवारी बहन गर्नका लागि वर्षेनी विदेश जाने क्रम बढ्दो छ ।

आफ्नो डिग्री माथि कुरा काट्ने युवा पुस्तामा चलन प्रशस्त देखिन्छ । तर, धनुषाको बटेश्वरका शत्रुधन महतो पछिल्लो समय युवा पुस्ताको लागि र गाउँसमाजमा प्रेरणाको स्रोत बनेका छन ।

२०५० फागुन २९ गते महोत्तरीको भंगहामा बुवा जगेश्वर महतो र आमा रामदायी देवी महतोको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएका सत्रुधन छोटो समयमै उदाहरणीय पात्र बनेका हुन् ।

समाज बढी विकसित नभएको कारणले गर्दा गाउँमा फ्याट फुट घरबाट बाहिर गएर पढने गर्दथ्यो । यसै अनुरूप शिक्षा दिक्षाको निम्ति सत्रुधनको बुवाले राम्रो शिक्षा दिनुपर्छ भन्ने बाल्यकालमा नजिकैको शहर महेन्द्रनगरमा डेराहाली शिक्षाको निम्ति बस्दै राखिदिए । केहीदिन महेन्द्रनगरमा शिक्षा आर्जन गर्न लगाए ।

त्यसपछि आर्थिक अभावका कारण सबै छोरा छोरीलाइ लिएर घर फर्किनुपर्ने बाध्यता आइपर्यो र नजिकै रहेको बटेश्वर बजारमा रहेको शिव शक्ति उच्च माविमा नामांकन पछि आफ्नो शिक्षा १०+२ सम्मको शिक्षा हासिल गरे । स्नातक जनकपुरबाट सकाए ।

छोराछोरीलाई राम्ररी शिक्षा दिनुपर्छ भन्ने उनको अभिभावको मान्यता थियो । शत्रुधन उच्च शिक्षा हासिल गरिरहेको देखेर छरछिमेक पनि सानो–सानो कुरामा दिनहुँ तर्साउने हप्काउने जस्ता कार्यहरू गर्न थाले । सबै कुरा सहेर तैपनि दिकतसाथ पढाईको निरन्तरतामा सधै लागि रहे ।

अध्ययनसँगै अध्यापन

कक्षा ११ मा पढदै जाँदा घरको आर्थिक अभावकाका कारण शत्रुधन गाउँमा टीयुशन र बटेश्वर बजारमा रहेको माहविर ईंगलिस बोर्डिङ स्कूलमा पढाउन थाले । त्यही क्रममा एकदिन महावीर स्कुलका फाउन्डर प्रिन्सिपल मदन महतोले शत्रुधनलाई प्रहरी बनेको हेर्न चाहेको बताए ।

त्यही क्रममा नेपाल प्रहरीको विज्ञापन निस्केको थियो र त्यही आवेदनबाट उत्तीर्णको रिजल्ट हात पार्दै शत्रुधनले २०७३ भदौं १५ नेपाल प्रहरीको जवानबाट यात्रा प्रारम्भ गरे । संघर्ष गर्दा गर्दै आफ्नो मेहनत र परिश्रमले फेरी १८ महिना सहायक निरिक्षक भएर आफ्नो जिम्मेवारी निभाई राखे । हालै प्रहरी निरीक्षकमा २०७९ मंसिर १५ गते विधिवत रुपमा प्रहरी निरिक्षकमा उत्तीर्ण भएर नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय