फिफा विश्वकप फुटबलको अन्तिम आठबाटै आउट भएपछि पोर्चुगलका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोषलाई बर्खास्त गर्ने तयारी भएको रिपोर्ट आएको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार पोर्चुगलको फुटबल संघले आफ्नै देशका ६८ वर्षका सान्तोषलाई पदबाट हटाएर ‘फ्रेस कोच’का साथ

अब नयाँ यात्रा सुरुआत गर्ने गरी छलफल सुरु गरेको छ । सान्तोष कतारबाट पोर्चुगल पुगिसकेका छन् । पोर्चुगल अन्तिम आठमा मोरक्कोसँग १–० ले पराजित भएर आउट भएको थियो ।पोर्चुगल आउट भएपछि सान्तोषले आफू लिबस्न (पोर्चुगलको राजधानी) फर्किएर फुटबल संघका अध्यक्षँग कुरा गरेपछि पद छाड्ने वा निरन्तरता दिने भन्ने विषयमा निर्णय लिने बताएका थिए ।

पछिल्ला दिन आएका रिपोर्ट अनुसार प्रशिक्षक सान्तोष र टिमका कप्तन क्रिस्टियानो रोनाल्डो बीच सम्बन्ध बिग्रन थालेपछि संघले टिमको एकता कायम राख्न तथा नयाँ ढंगले सुरुआत गर्नका लागि सान्तोषलाई पदबाट हटाउनेबारे तयारी थालेको छ ।विश्व कपमा रोनाल्डोलाई सान्तोषले अन्तिम १६ र अन्तिम आठमा लगातार बेन्चमा राखेका थिए ।

रोनाल्डोलाई बेन्चमा राखिएको खेलमा पोर्चुगल कमजोर मोरक्कोसँग पराजित भएर विश्वकपबाट बाहिर भएको थियो । पोर्चुगल चाँडै प्रतियोगिताबाट आउट हुनुमा प्रशिक्षक सान्तोषलाई नै धेरैले मुख्य जिम्मेवार ठानेका छन् । त्यसमा कप्तान रोनाल्डोसँग सम्बन्ध बिग्रिएपछि अब यी २ जना पुनः टिममा सँगै रहने सम्भावना ज्यादै न्यून रहेको छ ।

विश्वकपको नतिजा र टिमको स्थितिमा ध्यान दिँदै फुटबल संघले सान्तोषलाई हटाएर नयाँ प्रशिक्षक ल्याउन लागेको खबर छ ।रिपोर्ट अनुसार सम्भावित नयाँ प्रशिक्षकमा पोर्चुगलकै जोसे मोउरिन्होको नाम सबैभन्दा पहिला जोडिएको छ । मोउरिन्हो अहिले इटालियन क्लब रोमाका प्रशिक्षक छन् ।

मोउरिन्हो नयाँ प्रशिक्षक बन्न राजी भए फुटबल संघले सान्तोषलाई हटाएर उनलाई राष्ट्रिय टिमको कमान्डर बनाउने बनाउने तयारी गरेको खबर छ । मोउरिन्होसँग रोनाल्डोले पूर्वक्लब रियल मड्रिडमा छँदा एकसाथ काम गरिसकेका छन् । र, दुईजना बीच राम्रो सम्बन्ध पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय