काठमाडौँ- अर्जेन्टिना र क्रोएसियाबिचको सेमिफाइनलमाको खेलमा अर्जेन्टिनाले ३ – ० अग्रता लिएको छ ।६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। अल्भारेजले ६९ मिनेटमा खेलकाे दाेस्राे गाेल गरेका हुन्।

अर्जेन्टिनालाई अग्रता दिलाउन पहिलो गोल लियोनल मेस्सीले पेनल्टीमार्फत गोल गरेका थिए ।भने दोश्रो गोल आल्भारेजले गरेका हुन् ।खेलको ३२औ मिनटमा क्रोएशियाका गोलकिपर लिवाकोविचले बक्सभित्र आल्भारेजमाथि फाउल गर्दा अर्जेन्टिनाले पेनल्टीको अवसर प्राप्त गरेको थियो ।खेल नेपाली समयअनुसार मंगलबार मध्यरात १२:४५ बजेदेखि लुसेल रंगशालामा शुरु भएको हो ।

खेलको ३४औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्न सफल भए ।बल लिएर अघि बढेका अर्जेन्टिनाका युवा खेलाडी जुलियन अल्भारेजलाई क्रोएसियाका गोलकिपरले बल क्लियर गर्ने क्रममा बक्स भित्र लडाएपछि रेफ्रीले सोझै अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए, जसमा कप्तान मेस्सीले कुनै गल्ती नगरी गोल गर्न सफल भए ।

पहिलो गोल गरेको ५ मिनेटमै क्रोएसियाले दोस्रो गोल खायो ।यसपटक जुलियन अल्भारेज आफैंले गोल गर्न सफल भए । विपक्षीका खुट्टाबाट खोसेको बल उनले एक्लै अघि लडेर गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए । । सो क्रममा क्रोएसियन डिफेन्डरले चाँडै बल क्लियर गर्न नसक्दा गोल भएको थियो ।खेलको २४ मिनेटसम्म अर्जेन्टिनाले एकपटक पनि क्रोएसियाको पोस्टतर्फ सट प्रहार गर्न सकेको थिएन ।

अर्जेन्टिनाको पहिलो सट खेलको २५औं मिनेटमा आएको थियो । युवा खेलाडी इन्जोले हानेको सटलाई क्रोएसियन गोलकिपरले हातले बाहिर फालेका थिए । अर्जेन्टिनाको पहिलो सट नै अन टार्गेट रहेको थियो थियो । त्यसबेलासम्म अर्जेन्टिनासँग मात्रै ३५ प्रतिशत बल पोजिसन थियो ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षी टोलीलाई पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् ।आजको यो खेलबाट एक टिम फाइनल प्रवेश गर्नेछ भने अर्को टिमको उपाधि सपना आजै सकिनेछ । पराजित हुने टिमले तेस्रो स्थानका लागि अर्को सेमिफाइनल खेलमा पराजित टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय