हारपछि बोले पोर्चुगलका प्रशिक्षक सान्तोस, रुँदै बाहिरिएका रोनाल्डो बारे दिए यस्तो जवाफ !

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को आज भएको क्वाटरफाइनल खेलमा मोरक्कोसंग १–० गोलले पराजित हुन पुग्यो । हारपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा दिएका छन् ।
हारपछि रुदै बाहिरिएका कप्तान क्रिष्टियानो रोनाल्डोका बारेमा पनि प्रतिक्रिया जनाएका छन् ।
उनले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै, उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।

उनले भने, ‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी समर्थकहरुभन्दा निराश छौं ।’

उनले अगाडी भने, ‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४–५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय