सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रे’ टी ह’ त्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

प्लास्टिकमा श्रीमतीको टाउको बो’ केर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।

यो पनि – करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे ।चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो ।पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो ।

सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ।काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् ।

काकाको अनुमतीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो । ‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’, उत्तम भन्छन् । यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो । उनीहरु चाँडै विवाह बन्धनमा बाँ’ धिने तयारीमा जुटे ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृ’ तककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय