२३ वर्षको कलिलै उमेरमा एमबाप्पेले तोडे पेलेको ठूलो रेकर्ड बराबरी, रचे इतिहास

२३ वर्षको कलिलो उमेरमा नै एमबाप्पेले ब्राजिललाई दुईपटक विश्वकप जिताउँदाका नायक ब्राजिलियन महान पेलेको सर्वाधिक गोल रेकर्डसँग बराबरी गरेका छन् । पेलेले आफ्नो करियर कालमा विश्वकप फुटबलमा जम्मा ८ गोल गरेका थिए ।

कतारमा जारी विश्वकप अन्तर्गत पोल्याण्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए । कतारमा उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् । अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट समेत गरेका थिए ।

एमबाप्पेले मात्रै २३ वर्षको उमेरमा पेलेले आफ्नो जीवनभर गरेको विश्वकप गोल संख्या बराबर गरेर देखाई दिएका छन्। विश्वकपमा पेलेले बनाएको सबैभन्दा बढी गोलको व्यक्तिगत रेकर्ड तोड्न एमबाप्पेलाई धेरै समय लागेन ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्सले गत राति अन्तिम १६ को खेलमा पोल्यान्डलाई ३–१ ले हराउँदा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । सो खेलअघि उनका नाममा विश्वकपमा जम्मा ७ गोल थियो ।

उनले ७४औं मिनेटमा गरेको गोल विश्वकपको मञ्चमा गरेको आठौं गोल थियो, जुन ब्राजिलियन महान पेलेसँग बराबरी गोल थियो । त्यसपछि उनले ९१औं मिनेटमा गरेको गोल विश्वकपको नवौं गोल थियो । उनले पेलेको ८ गोलको रेकर्डलाई तोड्दै आफ्नो गोल संख्या ९ बनाएका छन् ।

जारी विश्वकपमा एमबाप्पे अब सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा छन् । अहिले ४ गोलका साथ उनी गोल्डेन बुट दौडमा सबैभन्दा अघि छन् । अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्डसँग खेल्नेछ । विश्वकपका ४ वटै खेल खेल्दै एमबाप्पले ४ नै गोल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय