आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २० गते मंगलबार (इश्वी सन २०२२ डिसेम्बर ६ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्ने अवसर आउने छ । परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ ।मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफुभन्दा सानाबाट गरेको कार्यमा सफलता पाउनु हुनेछ । बोलीको प्रभाव बृद्धि हुनेछ । साथीभाई, इष्टमित्रहरुसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यमा सफलता पाउनु हुनेछ । ब्यापार ब्याबसायका लागि साझेदारी कार्य गर्न खासै राम्रो नहुन सक्दछ । नयाँ कार्यमा लगानी गर्नका लागि उत्तम समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाईहरुसंग टाढिन सक्नु हुनेछ । नसोचेको व्यक्तिबाट धोका पाउन सक्नु हुनेछ । मनोरञ्जन मुल कार्यमा मन जानेछ । गरिरहेका कार्य गर्न मन जाने छैन । सामान्य खर्च बढ्न सक्दछ । समुहगत कार्यमा मन जानेछ । कार्य गर्नका लागि आट, शाहस बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ । धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक रुपमा मेलमिलाप हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलेको कुराको गलत अर्थ लाग्नाले परिवारसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । भौतिक साधनको प्रयोगमा रुची बढ्नेछ । सामाजिक कार्यमा जुट्ने अवसर पाउनु हुनेछ । गरिरहेको कार्यक्रमा सामान्य झण्झटपनको अवस्था श्रृजना हुन सक्दछ । मान्यजनहरुको सम्बन्धमा दुरी बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय