काठमाडौं— विश्वकप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा मंगलबार बिहान उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए ।

आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय