किशोरीले अदालतमा दिइन् झन् चर्को बयान, सिकाए जस्तो ,‘घोकाएको जस्तो गरि सबै कुराहरू खरर भनेपछि…
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अदालत स्रोतले बतायो ।केही दिनअघि अदालतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो ।

उनले अदालतमा बयान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो । तर, त्यसको उल्टो भएको छ । किशोरीको बकपत्रले जाहेरीलाई समर्थन गरेको मात्र होइन कि अझ कडा । यद्यपि, जाहेरी र बकपत्रमा कतिपय कुराहरू बाझिएको स्रोत बताउँछ ।

‘अदालतमा उनको प्रस्तुति हेर्दा कसैले मज्जाले सिकाएर पठाएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो, ‘घोकाएको जसरी सबै कुराहरू खरर भनिन् ।’जाहेरीकर्ता किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । उक्त संस्थाकी सञ्चालक अनुराधा कोइराला सुरुदेखि किशोरीले बयान फेर्ने सम्भावनालाई लिएर चिन्तित थिइन् ।

त्यसैले उनी आफैँ र संस्थाका काउन्सीलरमार्फत किशोरीलाई निरन्तर सम्झाई बुझाइ गर्दै आएकी थिइन् ।किशोरीले माइती नेपालबाट निस्किन चाहे पनि नदिइएको स्रोतको भनाइ छ । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन दिइएको छैन ।अदालतमा किशोरीको बकपत्रले उनी होस्टाइल हुने सम्भावनाको अन्त्य भएको छ ।

अब अदालतले हेर्ने भनेको उनको वास्तविक उमेर तथा ब’ ला त्कार वा सहमतिको सम्बन्ध भन्ने हो ।यदि जाहेरीमा दाबी गरिएजस्तो किशोरी ना’ बा लिग नै हुन् र शा’ रीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा सजाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय