धरानमा कात्तिक ३ गते महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपी पक्राउ परेकी छन्।

धरान उप-महानगरपालिका १३ की उषा राईको उपचारको क्रममा मङ्गलवार मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरू फरार भएका बताइएको थियो । ती मध्ये मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरिएको धरान प्रहरी प्रमुख एसपी प्रभु ढकालले केटिएम दैनिकलाई बताए ।

ढकालले भने ‘उहाँ फरार हैन, अस्पतालमा उषा राईको निधन भएपछि हामीले निगरानीमा राखेका थियौँ । जाहेरी लगायत कानुनी प्रकियाको लागि एक दिन समय पर्खेका हौं ।’ अहिले उहाँ प्रहरी नियन्त्रणमा हुनुहुन्छ ।

मुख्य आरोपि पक्राउ परेपछि घटनामा संलग्न अन्य व्यक्तिहरू पनि क्रमश पक्राउ पर्ने ढकालले बताए ।

आफ्ना श्रीमान् गोविन राईसँग नजिकिएको आरोपमा केही महिलाहरू सहित पुगेका उर्मिला राईले जथाभाबी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । कुटपिट भएको भोलिपल्ट उनले छाती दुख्यो भन्दै रोई कराइ गरेपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

मृतक महिलामाथि कुटपिट हुँदा छुट्टाउन गरेका प्रहरीमाथि ती महिलाहरू जाइलागेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा केही महिलाहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय