रविको पक्षमा खम्बा बनेर उभिए मेयर बालेन

सधैं कार्यालयमा कार्य तालिका बनाएर अनुगमन र अन्य प्रशासकीय काम गर्नेमा पर्छन्, काठमाडाैँ महानगरका मेयर बालेन शाह। मेयर शाहको निर्देशनअनु सार प्राथमिकताको आधारमा ‘भोलि के गर्ने’ भन्ने सबै उनको सचिवालयले निर्धारण गर्छ। भोलिपल्ट उनले सोही कार्य तालिकाअनुसार कार्य सम्पादन गर्छन्।

तर मेयर शाह शुक्रबारदेखि कार्यालयमा नदेखिएको महानगरमा कार्यरत कर्मचारीले बताएका छन्। कर्मचारीले उनको सचिवालयलाई सोधीखोजी गर्दा उनी दुई–तीन दिनका लागि काठमाडाैँ बाहिर गएको र निर्वाचनपछि मात्रै महानगरमा फर्किने जानकारी पाएको ती कर्मचारीले बताएका छन्।

मेयर शाह काठमाडाैँबाट सीधै चितवनतर्फ लागेको हुन सक्ने ती कर्मचारीले आशंका गरेका छन्। उनी सात महिनाअघि भएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर पदमा निर्वाचित भएका थिए। शाह राष्टिय स्व तन्त्र पार्टी गठन गरेर चितवनबाट चुनावी प्रतिस्पर्धा गरिरहेका रवि लामिछानेको पक्षमा चुनावी माहोल बनाउन त्यहाँ पुगेको बताइन्छ।

निर्वाचन आयोगले दलहरूलाई कुनै चुनावी गतिविधि गर्न निषेध गरेलगत्तै मेयर शाह चितवन पुगेका हुन्। शाह सार्वजानिक पदमा रहेका कारण उनी चुनावी अभि यानमा स हभागी हुन पाउँदैनन्। चितवनबाट सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारले रविको चुनावी प्रचारप्रसार र आमसभापछि दबाब महसुस गरेका छन्।

रविको पक्षमा माहोल बनि रहेको अवस्थामा बालेन शाहको भौतिक उपस्थितिले मात्र पनि निर्वाचनमा असर पार्ने आँकलनसहित मुख्य राजनीतिक दलहरूले चासो राखेको प्रहरी स्राेतले उल्लेख गरेको छ। दलहरूको आग्रहमा प्रहरीले सोधीखोजी गर्दा मेयर शाह चितवनतर्फ लागेको जानकारी दलहरूलाई दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय