चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका छन्। इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ६२३ मतका साथ अग्रता लिइरहेका छन् ।

लामिछानेले २ हजार ९७८ मत ल्याएका छन् ।मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताए । उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरे ।

इच्छाकामनाको सबै ठाउँमा पुग्न भ्याएको थिइन् । ‘जति आएको छ, हामीले अपेक्षा गरेको भन्दा धेरै हो’, उनले भने ।उता त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् । उता मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

उता चितवन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन्।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन(१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।त्यस्तै उता भक्तपुर क्षेत्र नम्बर २ मा गणनाको सुरुवातदेखि नै पछाडि रहेका नेकपा एमालेका महेश बस्नेत अगाडि आउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय