चितवन २ को पछिल्लो अपडेट प्राप्त भएको छ ।जस अनुसार उमेश श्रेष्ठको २७१२ , कृष्ण भक्त पोख्रेलको ३१७७, रबि लामिछानेको ३९२९ रहेको छ ।

उता ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् ।

मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।उता भक्तपुरको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षत्रीले एमालेका उम्मेदवार महेश बस्नेतलाई फराकिलो मतान्तरले पछि पार्नुभएको छ ।

२० हजार ३९३ मत गणना सकिदा कांग्रेसका थापाले ८ हजार १२५ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले ७ हजार २०९ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगरले १ हजार ५०६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साजन विकले १ हजार ४७७ मत प्राप्त गर्नुभएको छ ।उता चितवन क्षेत्र नम्बर १ मा घण्टीले अग्रता लिन शुरु गरेको छ ।नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलको अग्रता तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अघि बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय