चितवन क्षेत्र नम्वर ३ को पछिल्लो मत परिणाम समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी १२८५ , राप्रपा २६८, एमाले ३९४, माओ ३५२, कांग्रेस ४४४ प्राप्त गरेका छन् ।उता डडेल्धुराको ताजा अपडेट प्राप्त भएको छ ।

प्राप्त अपडेट अनुसार ४१७४ मत गणना गर्दा शेरबहादुर देउवा १९८५ सागर ढकाल (स्वतन्त्र ) १०७३ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)– ७१३, गोविन्द खडायत (राप्रपा) ४६ विक्रम बहादुर शाही (स्वतन्त्र) १३ कर्णसिंह रावल (स्वतन्त्र) ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै लालबहादुर कठायत (स्वतन्त्र)ले ७ मत पाएका छन् भने २७६ मत बदर भएका छन्।उता काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले तीन हजार मत ल्याएर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुमन सायामीले दुई हजार ८११ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का शिव सुन्दर राजवैद्यले एक हजार ३८७, नेकपा (एकीकृत समाजवादी) पार्टीका जीवनराम श्रेष्ठले एक हजार १९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले ८६७ मत प्राप्त गरेका छन् ।यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सबैलाई माया र सद्‌भावको लागि कृतज्ञ व्यक्त गरेकी छिन्।

मतपरिणाममा अग्रता लिँदै गएपछि सामाजिक सञ्जालमार्फत धन्यवाट प्रकट गरेकी हुन्। उनले फेसबुकमा लेखिकी छिन,‘धेरै भन्दा धेरै शुभेच्छा, शुभकामनाका सन्देश तथा फोन आइरहेका छन्, हजुरहरू सबैले दिइरहनुभएको यो माया र सद्भावका लागि कृतज्ञ छु,कृपया आधिकारिक चुनावी अपडेट हामी यही पेज मार्फत गर्नेछौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय