सुरुवाती गणनामा चितवनका ग्रामिण क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अपेक्षित मत ल्याउन नसकेको देखिएको छ । चितवन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकामा गणना चलिरहँदा ठूलो मतान्तरसहित उनी तेस्रो स्थानमा छन् ।

दुई वटा वडाको २२८५ मत गणना हुँदा रविको २६० मात्र छ । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले यहाँ ११४४ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका उमेश श्रेष्ठको ७०४ मत छ ।रविको मत कम भएपनि उनको मतान्तर घटाइरहेका छन् ।सहरी क्षेत्रमा उनको पक्षमा माहोल थियो ।

तर, ग्रामिण क्षेत्रमा अपेक्षा भन्दा थोरै मत उनले पाएपछि उनले पक्का जित्ने भनिएको यो ठाउँको परिणाम अन्तिम नजिता नआई आँकलन गर्न गाह्रो देखिएको छ ।त्यस्तै डडेल्धुराको ताजा पात परिणाम प्राप्त भएको छ ।जस अनुसार १७०१ मत् गन्दा शेरबहादुर देउवा ७८५ सागर ढकाल (स्वतन्त्र) ३९१ कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)ले ३५३ मत पाएका छन् भने १२२ मत बदर भएका छन् ।

उता मुस्ताङ प्रदेश सभा २ मा नेपाली काँग्रेस विकल शेरचन बिजयी भएका छन । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् ।शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।यस अघि मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै बिजयी भएका थि । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए ।

विष्ट गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् । वडाध्यक्ष हारेका नम्डु प्रदेश सभा सदस्यमा निर्वाचित बनेका हुन् ।योसँगै एमालेले जित्ने प्रबल सम्भावना देखेको मुस्ताङमा हार व्यहोरेको छ । यसघी मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा योगेश थकाली विजयी भइसकेका छन् ।

योगेशले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।उता झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय