काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ । १ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ प्रारम्भिक अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २४ मत पाएका छन् ।

काँग्रेसका भीमसेनदास प्रधान १८ मतका साथ तेस्रो स्थानमा छन् । राप्रपाका विष्णु प्रसाद आचार्यले १० मत ल्याएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली बिजय भएका छन् । थकालीले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचन लाई हराउदै बिजय भएका हुन् ।मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

उता काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

त्यस्तै ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल आएकी छन् । उनले ६९४ मत पाएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् ।

तोसिमाले ६७३ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।उता झापा-१ को दिउँसो १ बजेदेखि मेची नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरू हुने भएको छ। सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीले गर्ने जनाएको छ।

मतपत्र गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। झापा १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यस्तै सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

१०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् ।यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय