काठमाडौं, मंसिर ५। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु हुनेछ ।

आज हुने दिनको तेस्रो खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ । उक्त खेल अहमेद बिन अलि स्टेडियममा हुने खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

काठमाडौं (अस) । कतार विश्व कपमा सहभागी ३२ ओटै देशले आफ्नो खेलाडीहरुको टोली बनाइसकेको छ । हरेक देशसँग विश्वकपमा खेल्नका लागि २६ खेलाडी हुनेछन् । तर यीमध्ये हेर्न लायक केही खेलाडीहरु यस प्रकार छन्:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय