बैशाखमा मात्रै बिवाह गरेकी अभिनेत्री वर्षा सिवाकोटी र श्रीमान आशिष बीच सम्बन्धमा दरार

गत वैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटी र अमेरिका निवासी आशिष गेलालले धुमधामले विवाह गरे । अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएको ८ महिना पनि पूरा भएको छैन ।

तर उनीहरुको बैबाहिक सम्बन्ध चिसिएको हल्ला चल्न थालेको छ । आशिष र वर्षाको पछिल्लो क्रियाकलापले पनि उनीहरुको सम्बन्ध राम्रो नरहेको अनुमान लगाउन सकिन्छ ।

हालै बर्षाले श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन्, भने उनको श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । त्यतिमात्र कहाँ हो र, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् ।

यी क्रियाकलापले पनि वर्षा र आशिषबीच अहिले सम्बन्ध ठीकठाक नरहेको अनुमान गर्न सकिन्छ ।वर्षाले गत बैशाख ९ मा आशिषसँग विवाह गरेकी थिइन् ।

बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै रमाइन् ।तर उनी दशैं अगाडि नै नेपाल फर्किएकी थिइन् । त्यसपछि वर्षाले आमासँग घुमघाम गरिन् ।

उनी केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छन् । अहिले उनी नेपालमा रहेपनि मिडियामा खासै छाउँदिनन् । त्यसको कारण पनि श्रीमान्सँगको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ ।

वर्षाले सामाजिक संजाल इन्स्टा ग्रामबाट पनि आशिषसँगको बैबाहिक जीवनका २ तस्वीर बाहेक सबै हटाएकी छन् ।नेपाल आएपछि पनि कुनै तस्वीर पोष्ट गरेको देख्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय