ग्राहकलाई ठगिनबाट जोगाएका नेपालीलाई जापानी प्रहरीको सम्मान

जापानमा रहेका एक नेपाली आफ्नो पसलमा आउने ग्राहकलाई ठगिनबाट जोगाउँदा सम्मानित भएका छन्।

सदा झैं शालिकराम सापकोटा चार वर्षदेखि काम गर्दै आएको डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका थिए। तर, कात्तिक ७ को दिन भने उनका लागि विशेष बन्यो। त्यो दिन आफू काम गर्ने पसलमा आइरहने एक ग्राहकलाई उनले ठगिनबाट जोगाए। त्यो पनि उनको छोरा भएको अभिनय गरेर। जापानी भाषामा दखल भएका कारण उनी त्यसो गर्न सफल भएका थिए।

मध्याह्नको ३ बजेतिर झण्डै ६० वर्षका एक वृद्ध कुरुमीमा अवस्थित उनको स्टोरमा आए र ५० हजार येन (झण्डै ३६० डलर) बराबरको विद्युतीय भुक्तानी गर्नुपर्ने कुरा सापकोटालाई बताए। ग्राहक भने फोनमा कसैसँग कुरा गरिरहेका थिए। ३० वर्षीय सापकोटालाई शङ्का लाग्यो। उनले आफ्नो स्टोरमा आइरहने ती ग्राहकलाई चिनेका थिए। उनलाई ती ग्राहकलाई कसैले फसाउन खोजेको आशङ्का भयो, किनभने ती ग्राहकले त्यत्रो विद्युतीय रकम कहिल्यै भुक्तानी गरेका थिएनन्।

उनले ती ग्राहकलाई रकम भुक्तानीको प्रयोजन सोधे। “मेरो कम्प्युटरमा भाइरस छिरेछ। त्यही भएर मलाई ५० हजार येनको कार्ड किन्नुपर्ने भएछ,” उनले भने।
सापकोटाले फोनमा कुरा गर्ने मान्छेले यताको कुरा सुन्न सक्ने भएकाले फोन राखिदिन आग्रह गरे। ती ग्राहकले फोन राखिदिए। तर, लगत्तै अर्को फोन आइहाल्यो। फोन स्क्रीनमा टेक्सास, अमेरिकाको नम्बर देखियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय