डिभोर्स पछि जेरीले सार्वजनिक गरिन् यस्तो भिडियो

डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्वजनिक भएको छ । राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो । बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन छ ।

सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन् ।गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन् ।

एक दिनमा भिडियोलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन एवं कलर गरेका हुन् । प्रत्यक्ष दोहोरीबाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिहीबार सम्बन्ध विच्छेद गरेका हुन् ।

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्राडा ज्ञवालीलाई
काठमाडौँ, २७ कात्तिक । अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरेको छ ।

समाजले विसं २०६५ देखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलोपटक विसं २०६५ मा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्नुहुँदै साहित्यकार रोचक घिमिरेले यस्तो सम्मानले सिर्जनामा लाग्ने स्रष्टालाई प्रेरणा मिल्ने बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणि, पुरस्कृत व्यक्तित्व ज्ञवालीलगायतले साहित्यिक स्रष्टालाई गरिने सम्मानले यस क्षेत्रलाई अघि बढाउन सहयोग मिलेको बताउनुभयो । सो अवसरमा दुई सय ४९ मासिक साहित्यिक शृङ्खला पनि सम्पन्न भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय