टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान, ‘नेपालमा कहाँ छ कति खर्च लाग्छ’ ?

काठमाडौं । भनिन्छ– बच्चा भएको घरै उज्यालो हुन्छ। तर, कतिपय घर यस्ता छन्, जो सन्तानहीनताको गहिरो अँध्यारोमा डुबेका हुन्छन्। सन्तान नहुनुको पीडा र रिक्तताले कैयौँ दम्पती निसासिएका छन्। त्यसमाथि समाजको घोचपेचले उनीहरू आहत भइरहेका हुन्छन्।

अझ सन्तान नजन्माएको निहुँमा महिलाले हिंसाको शिकारसमेत हुनुपरेको छ। तर, चिकित्साविज्ञान निःसन्तान दम्पतीका सपना साकार पारिदिन सक्षम छ। टेस्टट्युब बेबी वरदान सावित भएको छ।

दोष जति महिलालाई
नेपालमा बच्चा जन्माउन नसकेर पीडादायी जीवन व्यतीत गरिरहेका दम्पतीको संख्या ठूलो छ। छिमेकीका आँगनमा खेलिरहे जस्तै सन्तान नहुँदा धेरैको जीवन निरस र श्यामश्वेत हुन पुगेको छ। ग्रामीण भेगमा त कति महिलाले यसैका कारण हिंसा भोगिरहेका छन्।

अनि कतिले सौता बेहोरेका छन्। हरेक दम्पतीले विवाहपछि बच्चाको चाहना राख्छ। बच्चाको जन्मपछि मात्र महिलाले आफूलाई पूर्ण भएको महसुस गर्छिन्। तर, यो सुख सबैलाई मिल्दैन। चाहँदा–चाहँदै पनि बाउआमा बन्ने सपना पूरा हुन सकिरहेको हुँदैन।

चिकित्सकहरूका अनुसार विवाहपश्चात् बच्चा जन्माउन नसक्नुमा पुरुष र महिला दुवैको कमजोरी बराबर हुन्छ। तर कानूनले महिलाबाट बच्चा नभएमा दोस्रो विवाह गर्न पुरुषलाई छुट दिएको छ । यसले समेत महिला जीवनभर पीडामा पिल्सिएर बसेकी हुन्छिन् ।

ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठ प्रधानका अनुसार झन्डै १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुन परिरहेको छ। आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको पाप भन्दै हेलाँ गर्ने चलन छ, प्रधान भन्नुहुन्छ, तर, आजको वैज्ञानिक युगमा विभिन्न प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीले सन्तानको सपना साकार पारेका छन्।ु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय