ठमेलको नाईटक्लब एलओडीमा ओलीको ‘र्‍याप’

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्र धानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स(एलओडी) पुगेका छन् । चुना व नजिकिँदै गर्दा उनी नेकपा एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।

केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो । अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै फेसबुकमा त स्बिरहरू पोस्ट गरेका छन् ।

सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएको छ ।

पहिलेपहिले प्रायजसो लोकदोहोरी गीतमा चुनावी प्रचारप्रसार हुने गरे पनि पछिल्लो पटक भने दलहरूले युवाहरूमाझ लोकप्रिय रहेका विधामा पनि गीतहरू बनाउन थालेका छन् । शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय