यो पनि हिम चितुवाको तस्बिर हो । यसलाई कैद गरेका फोटोग्राफर नेपाली हुन,नेपाली बन्यजन्तु फोटोग्राफर चोङ्बा शेर्पा। उनले Annapurna Conservation क्षेत्र अन्तर्गत मनाङ् क्षेत्रको ४,६०० मीटरको उचाई मा १६ दिन को यात्रा गरेर १२ रात टेन्टको बसाईमा यो दुर्लभ हिमचितुवाको तस्बिर आफ्नो केमरामा कैद गरेका हुन I

काठमाडौं । अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको फोटो धेरै चर्चित भयो । नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थु्रपै टिप्पणी सामाजिक संजालमा देखिए ।

संचारमाध्यमले पनि निक्कै प्राथमकिताको साथ फोटोहरू प्रस्तुत गरे ।नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि संचार माध्यम र सामाजिक संजालमा भाइरलन नै भएका थिए । यो भन्दा अगाडि नै नेपालीहरूले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ ।

मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेको छ । मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक संजालमा पोस्ट गरेका छन् ।

अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन। र, उनीहरूले प्रयोग गर्ने इक्विपमेन्ट, पाउने एक्सपोजर र पैसाको पनि कुरा छोडदिउँ हाम्रोमा तुलना हुँदैन। तर, नेपालका फोटो पत्रकारले के खिच्छन् ? भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो।’

उनले सामाजिक संजालमा संजालमा लेखेका छन्, ‘ यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन्। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’

नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ ।त्यस्तै रोशन तिवारी नामका फेसबुक प्रयोगकर्ता रोशन तिवारीले घलेले फोटो खिच्न पत्रकार नै हुनुपर्दैन भन्दै विदशीलाई महान र नेपाललाई हेयको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय