नायिका उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा खुट्टाको भागमा परेकाे भन्दै तानियो विवादमा…

नायिका उपासना सिंह ठकुरीले ‘डिसेम्बर फल्स’को गीतमा लगाएको पहिरनको विरोध सुरु भएको छ । उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरको चित्र प्रयोग गरिएको छ ।

कतिपयले खुट्टाको भागमा मन्दिर, बौद्ध स्तुपाको प्रयोग गरिएको भन्दै आलोचना पनि गरेका छन् । कतिपयले भने उपासनाको पहिरनको प्रशंसा गरेका छन् ।

जहा उनले भगवानको अबमुल्यन गरेको भन्दै विरोध गरिएको छ । भिडियो छायांकनका क्रममा उपासनाले टिकटकमा पोष्ट गरे पछि विरोध जनाउने खालको प्रतिकृया आएको हो ।

डिसेम्बर फल्स’को एक गीतको छायांकन हालै मात्र भक्तपुर दरबार स्क्वायरमा गरिएको थियो । गीतमा फिल्मका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय