सागमा स्वर्ण जितेकी संगीता पैसा नभएर म्यादी भइन्
तीन वर्षअघिको कुरा हो।

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै भएको थियो। कुस्ती प्रतियोगिता भने काठमाडौंमा नभएर जनकपुरमा भएको थियो। कुस्ती खेल्न कञ्चनपुरबाट जनकपुर पुगेकी थिइन् संगीता धामी। छोरी खेल्न हिँडेसँगै धनकुमारीका आँखा टिभीमा गइरहन्थे।

आफ्नो उमेर समूहको प्रतियोगितामा सबैलाई उछिनेर संगीताले स्वर्ण पदक जितिन्। कुस्तीमा नेपाली महिलाले सागमा जितेको त्यो पहिलो स्वर्ण थियो। छोरीको ऐतिहासिक स्वर्णसँगै धनकुमारीका आँखा भरिए। छोरीले पदक थापेको दिन सम्झिँदै धनकुमारीले मंगलबा भनिन्, ‘छोरीले स्वर्ण जित्दा आफैंले जितेजस्तो हुने रहेछ।’

भैंसीको दूध बेचेर हुर्काएकी छोरीले स्वर्ण पदक जितेको त्यो क्षण नै आफ्नो जिन्दगीमा भएको सबभन्दा ठूलो उपलब्धि र गौरवको अनुभूति भएको धनकुमारी बताउँछिन्। ‘छोरीले गर्दा म पनि चिनिएँजस्तो लाग्यो। मेरो छोरीको फोटोहरू पत्रिका, टिभीमा देख्न पाएँ।

मलाई कति खुसी लाग्यो भनेर मैले भन्न पनि जान्दिनँ,’ मंगलबार यो कुरा सुनाइरहँदा पनि धनकुमारीका आँखा भरिए। जब छोरीले दुनियाँको सामु स्वर्ण पदक थापेका फोटाहरू पत्रिका र टिभीमा छ्यापछ्याप्ती भए, उनलाई लाग्यो पति र यो समाजसँगको लडाइँ मैले जितेँ।

उनका पति प्रहरीको असई हुन्। माइतीले प्रहरीमा असईको जागिर छ सुख पाउलिन् भनेर धनकुमारीको बिहे संगीताका बुवासँग गरिदिएका थिए। १५ वर्षको उमेरमा बिहे गरेकी उनले १७ वर्षमा पहिलो छोरीलाई जन्म दिइन्। त्यसपछि फेरि अर्की छोरी जन्मिन्।

धनकुमारीको गर्भमा संगीता भएका बेला उनका पतिले दोस्रो बिहे गरे। छोरी मात्र पाएको भन्दै श्रीमानले दोस्रो बिहे गरेपछि धनकुमारीका झन् दु:खका दिन सुरू भएका थिए। संगीता ८ वर्षकी हुँदासम्म उनका बुवा साथसाथै थिए। बेलाबेला आउँथे। कान्छी छोरी जन्मिएपछि भने उनी धनकुमारी र छोरीहरूबाट सधैंका लागि टाढा भए।

घरको काम, खेतीपाती र श्रीमानले बाहिरबाट कमाएर दिएको पैसाले धनकुमारीको गुजारा चलेको थियो। अब एक्लै परिन्। चार छोरी हुर्काउन परेको सकस सम्झेर उनलाई अहिले पनि ऐठन हुन्छ। पैसा सापटी मागेर गाईभैंसी पालिन्। दूध बेच्दै छोरीहरूलाई हुर्काइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय