बसको झ्यालबाट टाउको निकालेका आयुषमानको रुखमा ठोक्किएर मृत्यु

काठमाडौं – बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गएको छ । ज्यान जानेम १३ वर्षका आयुषमान दाहाल रहेका छन् ।

स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका उनको पचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । अहिले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस – समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन् भन्दै आक्रोशित बनिन् सरिता : रौतहट । मल अभावमा यसपटक धानको उत्पादन कम भएपछि रौतहट गढीमाई–४ की सरितादेवी निराश छिन् । धान कम फलेकोमा भन्दा किन्दा पनि मल नपाएकाले उम्मेदवार देख्नेबित्तिकै उनी आक्रोशित हुन्छिन् ।

‘तपाईंहरु पनि भोट माग्न आएको कि,’ हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘मलाई त नेता देख्यो कि रिस उठ्छ ।’ पति वैदेशिक रोजगारीमा गएकाले सन्तानसहित खेतमा धान काट्दै गरेकी सरितादेवीले समयमा मल पाएको भए उत्पादन दोब्बर हुने सुनाइन् ।

‘समयमा मल दिन नसक्नेहरू अहिले मत माग्दै आएका छन्,’ उनले भनिन्, ‘महँगो मल किन्न नसक्दा अहिले धान कम फलेको छ ।’ सामान्यतया प्रतिकट्ठा पाँच मन फल्ने गरेको खेतमा तीन मन पनि मुस्किलले पुग्ने उनले सुनाइन् ।

उनको जस्तै आक्रोश छ, दुर्गाभगवती गाउँपालिकाका आत्माराम शाहको पनि । पाँच मन फल्ने खेतमा दुई मन मात्र धान फलेपछि उनी पनि आक्रोशित देखिए ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय