चर्चित भारतीय यु,ट्युबर जट्ट प्रभाज्वत सिंहको नेपालमा मोटरसाइकल दु, र्घटना, पैदलयात्रीको मृ,त्यु (भिडियो सहित)

वीरगञ्ज ९ कार्तिक । भारतीय युट्यु,बर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी नगरपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृ,त्यु भएको छ ।

मृ,त्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ साव ५ बजेमा सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठ,क्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए ।

घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक यु,ट्युबर सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको डिएसपी खत्रीले जानकारी दिए । ​

दुर्घट,नामा पैदल यात्रीको मृ,त्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले जानकारी दिए ।

प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दु,र्घटनामा परेर मृ,त्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छिमा राखिएको छ । जट्ट बाइक राइडर समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय