विबाहको तयारीमा रहेकी नायिका पूजा शर्माले ललितपुरमा सुरु गरिन् करोड बढी लगानीमा यस्तो ब्यबसाय

काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजिक संजालमा सकृय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् । निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विबाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् ।

यता हृदयघात भएको खबर सार्वजनिक भएलगत्तै अभिनेत्री वर्षा सिवाकोटी फेसबुकबाट गायब भएकी छन् ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।उनले आज दिउसो देखि फेसबुक डिएक्टिभेट गरेकी हुन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि उनका फ्यानहरु चकित भएका छन् । फेसबुक डिएक्टिभेट गरेपछि धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय