यि हुन् नायक सलोन बस्नेतकी हुनेवाला पत्नि एयर होस्टेस करिश्मा, जो छिन् निकै सुन्दरी

काठमाडौँ । नायक सलोन बस्नेतले मंसिर १२ गते विवाह गर्दैछन्। सलोनले ४ दिनसम्म भव्य कायृक्रमकाबिच विबाह गर्दैछन् । उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्।नेपाल एयरलाइन्समा काम गर्ने एयर होस्टेस करिश्मासँग लगनगाँठो कस्न लागेका बेला सलोनका बाबु शोभित पनि निकै उत्साहका साथ छोराको विबाह गर्न लागेको बताउँछन् ।

पारिवारिक स्रोतका अनुसार मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ । यतिबेला सलोनलाई विवाहसँगै फिल्म मिलनको प्रचारको समेत चटारो छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म मिलनको पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने समेत भन्न भ्याए । सोभितले छोरा सलोनलाई लिएर हिमालपारिको जिल्ला मनाङमा ‘लोकेसन हन्टिङ’ नामक फिल्म बनाउँदैछन् । जसका लागि तिहारलगत्तै सलोनलाई लिएर शोभित त्यसतर्फ जाने बताइएको छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ। सलोनले ुनेपाली बाबुु बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए।उनले होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। सलोनसलोनका बाबु सोभित बस्नेतले भव्य रुपमा मनाउने इच्छा देखाएसँगै मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ ।

ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु:काठमाडौं, १ कात्तिक । एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय